१४ असार २०८३, आइतबार

लकडाउन खोलेपछि चीनमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, २१ लाखजनाको मृत्यु हुन सक्ने प्रक्षेपण

पुस ४, २०७९
लकडाउन खोलेपछि चीनमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, २१ लाखजनाको मृत्यु हुन सक्ने प्रक्षेपण

एक नयाँ विश्लेषणअनुसार चीनमा आगामी केही महिनामा २१ लाख मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ । 

चिनियाँ जनताले शून्य कोभिड नीतिअन्तर्गतको कठोर लकडाउनको विरोध गरेपछि सरकारले त्यसलाई खुकुलो बनाएको थियो । तर त्यसपछि बढेको संक्रमणले चिनियाँ अधिकारीहरूलाई चिन्तित बनाएको छ । 

चिनियाँहरूमा कमजोर रोगप्रतिरोधात्मक शक्ति तथा कम खोप लगाइएको कारण भाइरस फैलिरहेको हो । 

एयरफिनिटी नामक स्वास्थ्य तथ्यांक विश्लेषण कम्पनीको भविष्यवाणी अनुसार, चीनमा अहिलेदेखि मार्च महिनासम्म १३ लाखदेखि २१ लाखजनाको मृत्यु हुन सक्छ । 

हङकङमा शून्य कोभिड नीति खुकुलो बनाएपछि बढेको संक्रमणलाई आधार बनाएर चीनको भविष्यवाणी गरिएको हो । त्यहाँ पनि कम मानिसले खोप लगाएका थिए । 

उक्त कम्पनीकी एक प्रवक्ताले भनिन्, ‘हाम्रो विश्लेषणअनुसार मृत्युहरू जनवरी महिनामा चरममा पुग्छ ।’

पूर्व कूटनीतिकर्मी तथा चीनविशेषज्ञ रोजर गारसाइडले चिनियाँहरूको सम्भावित मृत्युले राष्ट्रपति सी चिनपिङको शासन खतरामा पार्ने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्