०४ असार २०८३, बिहीबार

‘हात्तीछाप’मा दयाहाङ र सौगात

‘हात्तीछाप’मा दयाहाङ र सौगात

निर्माणको तयारीमा रहेको चलचित्र ‘हात्तीछाप’को मुख्य भूमिकामा अभिनेताद्धय दयाहाङ राई र सौगात मल्ल रहने भएका छन् । 

यसवर्ष मात्रै ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ जस्तो हिट चलचित्र दिएका दयाहाङ र सौगातको सहकार्यले निरन्तरता पाएको छ । ‘दुई नम्बरी’का निर्माता किरण नेपालीले आफ्नो नयाँ चलचित्र ‘हात्तीछाप’मा पनि दयाहाङ र सौगातलाई अनुबन्धित गरेका हुन् ।

केही दिनअघि दयाहाङसँग सम्झौता गरेको निर्माण टिमले आइतबार मात्रै सौगातसँग पनि लिखित सम्झौता गरेको छ । निर्माता नेपालीका अनुसार ‘हात्तीछाप’मा दयाहाङ र सौगातको भूमिका समानान्तर रहनेछ । चलचित्रको बाँकी कलाकारहरु पनि चाँडै फाइनल गरिने उनले जानकारी दिएका छन् । 

सिमोस सुनुवारले निर्देशन गर्ने चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् ।

चैतदेखि चलचित्रको छायांकन सुरु गर्ने योजनामा निर्माण टिम छ ।

salt training

कमेन्ट गर्नुहोस्