१९ असार २०८३, शुक्रबार

बन्चरेडाँडाका जनतामाथि अन्याय हुँदैनः मन्त्री चौधरी

बन्चरेडाँडाका जनतामाथि अन्याय हुँदैनः मन्त्री चौधरी

शहरी विकासमन्त्री मेटमणि चाधरीले बन्चरेडाँडाका जनतामाथि अन्याय नहुने धारणा राखेका छन् । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरेडाँडाको मंगलबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले स्थानीयबासीसँग संवाद गर्दै भने, ‘यत्रो फोहोर जम्मा भइराछ । गन्ध निस्कन्छ । तपाईंहरुकै कारण काठमाडौँ सफा भएको छ । त्यसकारण तपाईंहरुका जायज माग सम्बोधन हुने छन् । अधिकांस माग पुरा हुने चरणमा पनि छन् ।’

मन्त्री चौधरीले थपे, ‘हरेक ठाँउमा बदमासी गर्नेहरु हुन्छन् । त्यस्तालाई तपाईंहरु पनि पहिचान गर्नुस् । तपाईंहरुमाथि सरकारले अन्याय हुन दिन्न ।’ शहरी विकास तथा भवन निर्माण विभाग, बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजना कार्यान्वयन इकाइका इन्जिनियर माधव कटुवालले बन्चरे डाँडाको काम दुई चरणमा गरिएको जानकारी दिए । 

‘पहिलो चरण अन्तर्गत सेडिमेन्टेसन ट्याङ्क, लिथेट ट्याङ्क, कर्मचारी तथा सुरक्षाकर्मी बस्ने भवन, सार्वजनिक शौचालय, गाडी मर्मत भवन, प्रवेशद्धार लगायतका निर्माण कार्य थिए । हामीले पहिलो चरणलाई सेल –१ र सेल–२ गरि दुई भागमा विभाजन गरेका थियौँ । सेल –१ को काम शतप्रतिशत सम्पन्न भइसकेको छ भने सेल–२ को ९५ प्रतिशत कार्य सम्पन्न भएको छ । त्यसैगरि दोस्रो चरण अन्तर्गत ड्याम निर्माण, पहिरो नियन्त्रण, सडक तथा नाला निर्माण गरि शतप्रतिशत काम सम्पन्न भइसकेको छ’, उनले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्