०५ साउन २०८३, मंगलबार

जसपाका सांसदहरुले मातृभाषामा शपथ लिने

जसपाका सांसदहरुले मातृभाषामा शपथ लिने

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का प्रतिनिधि सभा तर्फका सांसदहरुले मातृभाषामा शपथ लिने भएका छन् । 

जस अनुसार सांसद अशोक कुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरीमा शपथ लिनेछन् । 

यस्तै रञ्जु ठाकुरले मैथीली भाषामा सपथ लिने छिन् भने राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की र रेखा यादवले भने नेपाली भाषामा सपथ लिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । शपथ बिहीबार हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्