२२ असार २०८३, सोमबार

इजरायली सेनाको बेसबाट हतियार चोरी

पुस ५, २०७९
इजरायली सेनाको बेसबाट हतियार चोरी

इजरायली सेनाको बेसक्याम्पमा तोडफोड गरी हतियार चोरेर कालो बजारी  गरेको आरोपमा आठ इजरायली बेदुइनलाई पक्राउ गरिएको इजरायली सुरक्षा एजेन्सी (शिन बेट) ले मङगलबार  जनाएको छ ।  

अक्टोबरमा नेगेभको दक्षिणी क्षेत्रमा रहेको इजरायली सेनाको एसडे यमन बेसमा रहेको गोलाबारुद गोदामबाट करिब ३० हजार कारतूस हतियार चोरी भएको थियो। शिन बेटका अनुसार संदिग्धहरू सबै इजरायली नागरिकहरू बेरशेवाको उत्तरी ताराबिन अल-सानाको बेदुइन समुदायका रहेको बुझिएको छ । संदिग्धहरूको हारोन ए-साने, मामन ए-साने, मोहम्मद ए-साने र हमेद ए-साने लगायतका रहेको बताइएको छ ।  
अब्दुल करिम अल-सने र तारेक अल-सनाई भनेर चिनिने अन्य दुई व्यक्तिले चोरीको बारुद बेच्ने काम गर्ने गरेको अनुसन्धानले खुलेको छ  ।
यो सँगै चोरीका केही हतियार खरिद गर्ने तेल शेवाका असमत अबु अल्योन र उदय अबु सरिहान पनि पक्राउ परेका छन्।

salt training

कमेन्ट गर्नुहोस्