०८ साउन २०८३, शुक्रबार

थाई सेनाको पानीजहाज समुद्रमा डुब्दा २९ जना बेपत्ता

पुस ६, २०७९
थाई सेनाको पानीजहाज समुद्रमा डुब्दा २९ जना बेपत्ता

थाई सेनाको पानीजहाज समुद्रमा डुबेको छ । जहाजमा सवार २९ जना बेपत्ता भएको सञ्चार माध्यमले जनाएका छन् । जलसेनाले गल्फ अफ थाईल्यान्डमा आँधीहुरी चल्दा आफ्नो एउटा युद्धपोत समुद्रमा डुबेको जनाएको हो ।

गस्ती गर्न निस्किएको एचटीएमएस सुखोथाई नामक सो जहाजमा १०५ नाविक सवार रहेको बताइएको छ । सोमवारसम्म ७६ जनाको उद्धार गरिएको भए पनि २९ जना अझै हराइरहेको थाई जलसेनाले जनाएको छ। जीवित फेला परेकामध्ये केही अचेत अवस्थामा भेथिएका थिए।

हराइरहेका नाविकहरूको खोजी कार्य जारी रहेको सेनाले जनाएको छ। समुद्रको पानीले सो जहाजको विधुत आपूर्ति गर्ने प्रणाली डुबाएपछि दुर्घटना भएको बताइएको छ।

जलसेनाले उक्त घटनाबारे अनुसन्धान गरिने बताएको छ । युद्धपोतबाट पानीमा हाम फालेका केही नाविकलाई समुद्रबाट घण्टौँपछि उद्धार गरिएको थियो । जलसेनाद्वारा ट्विटरमा प्रेषित भिडिओमा उद्धार गरिएका मानिसको उपचार अस्पतालमा भइरहेको छ । हराएकाहरुको खोजीकार्य तिव्ररुपमा भइरहेको जलसेनाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्