१२ असार २०८३, शुक्रबार
संसदीय दलको निर्वाचन अपडेट

कांग्रेस संसदीय दलको चुनाव– भित्र पस्न पाएनन् मन्त्री र केन्द्रीय सदस्य

कांग्रेस संसदीय दलको चुनाव– भित्र पस्न पाएनन् मन्त्री र केन्द्रीय सदस्य
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बुधवार मतदानको तयारी गरिँदै

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको लागि बुधवार मतदान हुँदैछ । बिहान ८ बजे नै शुरु हुने भनिएको मतदान बिहान सवा ८ बजेसम्म शुरु हुन सकेको छैन । मतदानका लागि संसदीय दलको कार्यालय

परिसरमा कडा सुरक्षा व्यबस्था गरिएको छ । सांसद बाहेक मन्त्री र केन्द्रीय सदस्यलाई पनि भित्र प्रवेश गर्न दिइएको छैन । संसदीय दलको कार्यालय पुगेकी महिला बालबालिका र जेष्ठ नागरिक मन्त्री उमा रेग्मी र केन्द्रीय

सदस्य डा. डिला संग्रौलालाई सुरक्षाकर्मीले भित्र प्रवेश गर्न रोकेका छन् । 

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्