०६ असार २०८३, शनिबार

मेसीले पीएसजीसँगको सम्झौता अवधि लम्ब्याउन सक्ने

पुस ६, २०७९
मेसीले पीएसजीसँगको सम्झौता अवधि लम्ब्याउन सक्ने

अर्जेन्टिनालाई विश्वकप जिताएका लियोनल मेसीलाई उनको क्लब पेरिस सेन्ट जर्माँ (पीएसजी) ले सम्झौता अवधि लम्ब्याउने अपेक्षा गरेको छ । 

सन् २०२३ को जुन ३० मा पीएसजीसँग मेसीको सम्झौता सकिँदैछ । त्यसैले उनलाई क्लबमै राखिरहनका लागि व्यवस्थापन पक्षले कोशिश बढाएको छ । 

मेसीले विश्वकप जितेको हेर्नका लागि पीएसजीका अध्यक्ष नासेर अली–खिलाफी लुसेल स्टेडियम पुगेका थिए । मेसीलाई बधाई दिने क्रममा अली–खिलाफीले उनको भविष्यका विषयमा कुरा गर्ने एक बैठकमा उपस्थित हुन अनुरोध गरेको बुझिएको छ । 

विश्वकप जित्नुअघि नै मेसीले आफ्नो नम्र व्यवहार तथा प्रतिबद्धताका साथ पीएसजी व्यवस्थापनलाई प्रभावित पारिसकेका थिए । पीएसजीले मेसी र किलियन एम्बाप्पे आफ्नो क्लबबाट खेलिरहून् भनी अपेक्षा गरेको छ । 

मेसी क्लबमा रहँदा च्याम्पियन्स लीग तथा बालोन डी’ओरमा क्लबको नाम जोडिन सक्ने भएकाले उनलाई राख्न हत्ते गरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्