२५ जेठ २०८३, सोमबार

संसदीय दलमा पराजयपछि गगन - सांसदहरूको मन जित्न लाग्छु, मन्त्री बन्दिन

संसदीय दलमा पराजयपछि गगन - सांसदहरूको मन जित्न लाग्छु, मन्त्री बन्दिन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ बन्ने सरकारमा मन्त्री नबन्ने घोषणा गरेका छन् । आफूलाई मत नदिने सांसदको मन जित्न लाग्ने उनले बताए ।

बुधवार संसदीय दलको निर्वाचनपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले मन्त्री नबन्ने घोषणा गरेका हुन् । ‘महामन्त्रीको भूमिकामा पार्टी काममा लाग्छु, सांसदहरुको मन जित्न लाग्छु । मन्त्री बन्दिन’, गगनले भने । बुधवार भएको कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित शेरबहादुर देउवा विजयी भए । गगनले २५ मत पाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्