२२ जेठ २०८३, शुक्रबार

संसदीय दलकाे नेतामा निर्वाचित भएपछि रामचन्द्रले देउवालाई दिए बधाई

संसदीय दलकाे नेतामा निर्वाचित भएपछि रामचन्द्रले देउवालाई दिए बधाई

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएकापछि पौडेलले देउवालाई बधाई दिएका हुन् । 

देउवा बुधवार भएको निर्वाचनबाट संसदीय दलको नेतामा निर्वाचित भएका थिए । महामन्त्री गगन थापालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । कूल ८९ मतमध्ये देउवाले ६४ र गगनले २५ मत प्राप्त गरेका थिए । 

देउवा पौडेलकै प्रस्तावमा संसदीय दलका नेताको उम्मेदवार बनेका थिए । यसअघि कांग्रेसको १३औँ महाधिवेशनमा कांग्रेसको सभापति पदका लागि प्रतिष्पर्धा गरेका देउवा र पौडेल १४औँ महाधिवेशनबाटै एकठाउँमा उभिएका हुन् । १४ औँ महाधिवेशनमा भने देउवासँग डा. शेखर कोइरालाले सभापति पदमा प्रतिष्पर्धा गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्