०१ असार २०८३, सोमबार

मोरङमा ११ महिनामा २६५ वटा घटना मानवअधिकार उल्लंघनका घटना

मोरङमा ११ महिनामा २६५ वटा घटना मानवअधिकार उल्लंघनका घटना

मोरङमा मानवअधिकार उल्लंघनका २६५ वटा घटना भएको पाइएको छ । बुधवार विराटनगरमा आयोजित अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले हरेक वर्ष प्रकाशित गर्ने मानवअधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा कार्यक्रममा मोरङमा २६५ वटा मानवअधिकार उल्लंघनका घटना भएको इन्सेकले जानकारी दिएको हो । इन्सेकका अनुसार जिल्लामा जनवरी १ देखि नोभेम्बर सम्मको अवधिमा २६५ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन्  । 

मानवअधिकार उल्लंघनका २६५ वटा घटनामा २६८ जना पीडित बनेका छन् । मोरङमा सबैभन्दा बढी बलात्कारका घटना भएका छन् । ११ महिनाको अवधिमा ७९ वटा बलात्कारका घटना भएका हुन् । यस्तै घरेलु हिंसाका ७८ वटा घटना भएका छन् । मोरङमा १८ वटा हत्याका घटना भएका छन् । मोरङमा अपहरण ६, बाल यौन दुर्व्यवहारका १६, मानव बेचबिखनका ४, बोक्सी आरोपमा २, बालविवाहका ४ वटा घटना भएका छन् । 

यस्तै, बलात्कार प्रयासका १९, हत्या प्रयासका २४ वटा घटना भएको पाइएको इन्सेक प्रतिनिधि विनोद सुवेदीले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्