
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत थमसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधवार दिउँसो राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटघाट भएको हो ।
भेटमा राजदूत थमसनले अध्यक्ष लिङदेनलाई प्रतिनिधिसभाको सदस्य पदमा विजयी भएकोमा बधाई दिएका थिए । त्यस्तै राजदूत थमसनले निर्वाचनमा राप्रपाले सम्मानजनक उपलब्धि हासिल गरेकोमा अध्यक्ष लिङदेनको प्रशंसा गरेका थिए ।
भेटका क्रममा समसामयिक विषय र दुई देशबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । भेटमा नेपालस्थित अमेरिकी दूतावासका डिसिएम र कन्सुलर पनि सहभागी भएका थिए ।