०२ असार २०८३, मंगलबार

वैदेशिक लगानी कम भएपछि उद्योगमन्त्री चिन्तित

वैदेशिक लगानी कम भएपछि उद्योगमन्त्री चिन्तित

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । बुधवार नेपाल टे«ड युनियन कांग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हुन् । 

मन्त्री बडूले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या भएको बताए । उनले सरकारले मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोसिस गरिरहेको बताए । उनले मुलुकभित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताए । 

‘टे«ड युनियन लामो समयदेखि उद्योग क्षेत्रमा काम गरिरहनुभएको छ । सरकारले कानून बनाउँछ । तर अप्ठ्यारो कानूनले देखाउँछ भन्नुभएको छ । हामीले यति बेला हाम्रा समस्या कहाँ छन् । समस्या अहिले मुलुकको अर्थतन्त्रलाई सुधार गर्नु हो । मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोसिस गर्ने हो । मुलुकभित्र नै रोजगारी र उत्पादन बढाउने हो’, उनले भने, ‘त्यसको लागि उद्योगहरूभित्र राम्रो लोकतान्त्रिक सम्बन्ध राखेर सरकार जान तयार छ । उद्योग क्षेत्रका श्रमिकदेखि उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ । तपाईंहरूले उद्योग र श्रमिकका समस्या तथा कानूनमा कहाँ–कहाँ समस्या रहेका छन् पहिचान गरिदिन आग्रह गर्दछु ।’

मन्त्री बडूले पछिल्लो समय नेपालमा आन्तरिक तथा वैदेशिक लगानी कम मात्रामा आएको भन्दै चिन्ता व्यक्त गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्