
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
नेपाल दुई दिनयता स्वास्थ्यमा समस्या भएपछि शिक्षण अस्पतालमा उपचाररत छन् । सो क्रममा दुई नेताबीच केहीबेर छलफल भएको थियो ।
नेपालको स्वास्थ्यमा सुधार हुँदै गएकाे बताइएको छ ।