३० जेठ २०८३, शनिबार

सात पटक सगरमाथा उक्लेका आरोही शेर्पालाई पर्यटनमन्त्री श्रेष्ठद्वारा सम्मान

सात पटक सगरमाथा उक्लेका आरोही शेर्पालाई पर्यटनमन्त्री श्रेष्ठद्वारा सम्मान

कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ । आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुधवार मन्त्रालयमा बोलाएर सम्मान गरे । 

एक महिनाको मन्त्रीको तलव सम्मानस्वरुप ७० हजार ७ सय ३० रुपियाँ बराबरको चेक पनि मन्त्री श्रेष्ठले हस्तान्तरण गरे । सम्मान कार्यक्रममा पर्यटनमन्त्री श्रेष्ठले हिमाल आरोहण गर्नेकुरा कम चुनौतीको विषय नभएको बताए । आरोही शेर्पाले ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल दुई दुई पटक आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेका छन् । सो उपलक्ष्यमा आफूले उनको सम्मानस्वरुप एक महिनाको तलव हस्तान्तरण गरेको उनले बताए । 

मन्त्री श्रेष्ठले सगरमाथा आरोहण गर्ने व्यक्तिलाई अन्य देशमा  देशको गौरवको रुपमा सम्मान दिने गरिए पनि नेपालमा त्यत्ति चासो दिन नसकेको बताए । आरोही शेर्पाले अहिलेसम्म ७ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । 

मन्त्री श्रेष्ठले कीर्तिमानी आरोही सानु शेर्पासहितका हिमाल आरोहीहरुको चर्चा विश्वमा गर्नसके पर्यटन क्षेत्रको प्रचारका साथै नेपालको छवि पनि विश्वमाझ पुग्ने बताए ।  सो अवसरमा कीर्तिमानी शेर्पाले सम्मानले आफूलाई थप हौसला बढेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्