
राष्ट्रपति विद्यादेवी भण्डारी आज (बिहीबार) बुटवल आउने भएकी छिन् । रूपन्देही उद्योग संघद्वारा आयोजित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्न भण्डारी बुटवल आउन लागेका हुन् ।
उनले दिउँसो १ बजे बुटवल उपमहानगरपालिका वडा नम्बर–१० स्थित बुटवल मण्डपमा प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले जानकारी दिए ।
राष्ट्रपति आउने भएपछि बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थलमा पहिलो पटक प्रदर्शनी हुँदैछ ।
प्रदर्शनीमा स्वदेशी मात्र ३०० भन्दा बढी स्टलहरु रहने आयोजनले जानकारी दिएका छन ।