२४ जेठ २०८३, आइतबार

भलिबलमा नेपाल र बंगलादेश भिड्दै

भलिबलमा नेपाल र बंगलादेश भिड्दै

 बंगबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ ।   नेपाल र आयोजक बंगलादेशबीचको खेल साँझ ४ बजे सुरु हुने बताइएको छ । 

नेपाल भलिबल संघले गत आइतबार नै १९ सदस्यीय टोलीलाई बिदाई गरेको थियो । प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा रहेको टोलीको कप्तानी ओपन स्पाइकर धिरोजकुमार बस्नेतले गर्नेछन् । यस अघि संंघले खुला छनोटमा आएका ८६ खेलाडीबाट राष्ट्रिय टोली निर्माण गरेको थियो ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र काजकिस्तान रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्