०१ असार २०८३, सोमबार

रात्रिबस नयाँ बसपार्कमा मात्र पार्किङ

रात्रिबस नयाँ बसपार्कमा मात्र पार्किङ
प्रतिकात्मक तस्वीर

काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ ।

ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको संघीय राजधानी काठमाडौंबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रात्रिबस जथाभावी पार्किङ गर्नाले सवारी दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक जाम समेत हुने भएकाले अबदेखि नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।

‘ललितपुरको ग्वार्कोमा बन्न लागेको फ्लाई ओभर निर्माणसँगै रात्रिबस चक्रपथ वरपर सञ्चालन हुँदा सवारीसाधनको जाम बढेकाले नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाएका हौं,’ प्रवक्ता भट्टले भने । यसअघि रात्रिबस उपत्यकाको चाबहिल, गौशाला, कोटेश्वर, कलंकी, गोंगबु, माछापोखरी लगायतका क्षेत्रमा पार्किङ गरिँदै आएका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले नागरिकलाई सहज ढंगले सेवा सञ्चालन गर्ने गरी यातायात क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताए । ‘रात्रिबसलाई नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे यातायात व्यवसायीलाई कुनै आपत्ति छैन, रातको समयमा व्यवस्थित रूपमा चढाउने/झार्ने गर्नसके यात्रुलाई समेत सहज हुन्छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्