०५ साउन २०८३, मंगलबार

संसद् भवनमा सर्वदलीय बैठक, सांसदको शपथ ग्रहणबारे छलफल

संसद् भवनमा सर्वदलीय बैठक, सांसदको शपथ ग्रहणबारे छलफल

प्रतिनिधिसभाका सांसदहरूको शपथ ग्रहणअघि संसद् भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक शुरू भएको छ । 

ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी भएका छन् ।

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखिएको छ । 

प्रतिनिधिसभाका २७४ सांसदलाई ज्येष्ठ सदस्य जबराले शपथग्रहण गराउनेछन् । जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार शीतल निवासमा शपथ ग्रहण गराएकी थिइन् ।

सांसदहरूको शपथ ग्रहण कार्यक्रमपछि संसद् भवन परिसरमै सांसदहरूको सम्मानमा चियापान कार्यक्रम राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्