२३ असार २०८३, मंगलबार
राजनीति

नयाँ सरकारको प्राथमिकता देशको आर्थिक विकासमा केन्द्रित हुनुपर्छ : गृहमन्त्री खाँण

नयाँ सरकारको प्राथमिकता देशको आर्थिक विकासमा केन्द्रित हुनुपर्छ : गृहमन्त्री खाँण
फाइल फोटो

गृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाँणले नयाँ सरकारको पहिलो प्राथमिकता देशको आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

देशमा देखिएको आर्थिक मन्दीका कारण मुलुक अप्ठ्यारोमा परेको भन्दै उद्योगी/व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकारले हातेमालो गरेर जानुपर्ने बताए ।

बुटवलमा बिहीवारदेखि शुरू भएको औद्योगिक प्रदर्शनीमा बोल्दै गृहमन्त्री खाँणले निजी क्षेत्रलाई हौसला प्रदान गर्ने गरी अगाडि बढ्नुपर्ने बताए । बैंकको बढिरहेको व्याजदरमा सरकारले नीतिगत हस्तक्षेप गर्ने बताए । सरकार र निजी क्षेत्रले राज्यको आर्थिक क्षेत्रलाई साझा दायित्व मानेर काम गर्नुपर्ने बताउँदै उनले त्यसका लागि सरकार साथमा रहेको बताए ।

कोरोना महामारीले आर्थिक क्षेत्रमा गम्भीर असर पारेको बताउँदै उनले औद्योगिक क्षेत्रमा ठूलो नोक्सानी पुर्‍याएको बताए । कोरोनाको नियन्त्रण र व्यवस्थापन भए पनि पूर्ण रूपमा समाप्त नभएको बताए । निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट सहयोग गर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्