०९ साउन २०८३, शनिबार

कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलको नेताको निर्वाचन शनिवार हुने

कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलको नेताको निर्वाचन शनिवार हुने

कर्णाली प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शनिवार निर्वाचन हुने भएको छ ।

निर्वाचन समितिले शुक्रवारदेखि निर्वाचन कार्यक्रम शुरू हुने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायका अनुसार शुक्रवार मतदाता नामावली प्रकाशन, दाबीविरोध, उम्मेदवारका लागि दरखास्त, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म मतदानको समय तोकिएको जानकारी दिए । मतदान प्रदेशसभा संसदीय दलको कार्यालय परिसरमा हुनेछ ।

दलको नेताका लागि मुख्यमन्त्री समेत रहेका पार्टीका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य जीवनबहादुर शाही र केन्द्रीय सदस्य राजीवविक्रम शाहबीच प्रतिस्पर्धा हुने देखिएको छ । ४० सदस्यीय प्रदेश सभामा कांग्रेसका १४ सांसद छन् ।

वीरेन्द्रनगरमा विहीबार बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले दलको नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा महामन्त्री कृष्णबहादुर रोकाया संयोजक तथा खगिसरा आचार्य र दमन शाही सदस्य छन् ।

बैठकले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने गरी कांगे्रस नेतृत्वमा प्रदेश सरकार गठनको पहल थाल्ने निर्णय समेत गरेको छ ।

यसैबीच प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यका लागि पुस ११ गते दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तय गरेको छ । प्रदेश प्रमुखबाट ज्येष्ठ सदस्य विनोदकुमार शाहले शपथ लिएपछि प्रदेश सभाका बाँकी सदस्यलाई उनले शपथ गराउनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्