२३ जेठ २०८३, शनिबार

राजनीतिक रूपमा मेरो अर्को जन्म भयो – विश्वप्रकाश शर्मा

राजनीतिक रूपमा मेरो अर्को जन्म भयो – विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । 

उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरूलाई गम्भीरताका साथ लिएको बताए । उनले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरू अहिले धेरै भइरहेको भन्दै यी कार्यहरूलाई आफूले राजनीतिक जन्मको शुरुवातको रुपमा लिएको बताए । 

महामन्त्री शर्माले भने, ‘म पहिलोपटक सांसदको रुपमा शपथ लिएर आएको छु । शपथ लिँदै गर्दा अक्षरहरू पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ । जन्मदिनकै सेरोफेरोमा यी गतिविधिहरु भएका छन् । जन्मदिनकै सेरोफेरोमा मैले राजनीतिक रूपमा अर्को जन्म भएको महसुस गरेँ । मैले इमान्दारितापूर्वक कार्य गर्नुपर्छ ।’ 

महामन्त्री शर्माले शपथ लिँदा गौरव गरेजति नै गम्भीरतापूर्वक लिएको पनि बताए ।  

salt training

कमेन्ट गर्नुहोस्