२१ जेठ २०८३, बिहीबार

भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भूमिका खेल्छुः सांंसद भण्डारी

भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भूमिका खेल्छुः सांंसद भण्डारी

नेपाली कांग्रेसका सांंसद चन्द्र भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भूमिका खेल्ने बताएका छन् । बिहीवार संघीय संसद भवन परिसरमा शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग बोल्दै सांसद भण्डारीले आगामी पाँच वर्ष देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भूमिका खेल्ने बताए । 

भण्डारीले नेपाली युवाहरू विदेशी मुलुकमा जानुपर्ने बाध्यताको अन्त्य गर्न आवश्यक रहेको बताए । उनले विदेशमा रहेको युवाहरूलाई नेपालमा रोजगारीको वातावरण बनाएर स्वदेश ल्याउन प्रयास गर्ने बताए । उनले देशको अर्थतन्त्र सबल बनाउन नीतिगत रूपमा सुधार गर्ने भूमिका खेल्ने पनि बताए । 

‘नयाँ सांसदहरूले भष्टाचार नियन्त्रण गर्नको निम्ति कानूनहरू कडा बनाउन भूमिका खेल्नुपर्छ । पछिल्लो समय नेपाल युवा युवतीबिहीन हुँदैछन् । विदेशीमा रहेको युवाहरूलाई कसरी नेपालमा ल्याउने तथा उनीहरूले आर्जन गरेको पुँजीलाई सम्मानजनक रूपमा नेपालमा भित्र्याउने काम गर्नुपर्छ । अहिले मुलुकले विदेशबाट ऋण लिइरहेको छ । व्यापार घाटा व्यहोरिरहेका छौँ । स्वास्थ्य क्षेत्रमा हेर्ने हो भने बिरामी हुँदा उपचार गर्न नसक्ने अवस्थामा छौं । जटिल प्रकारकार रोगको उपचार गर्नको लागि सरकारले जिम्मा लिनुपर्छ’, भण्डारीले भने, ‘अहिलेको प्रविधिसँग नेपालको शिक्षा क्षेत्र जोडिन सकेको छैन । त्यसलाई जोड्न नीतिगत निर्णहरु गर्नु जरुरी छ । कृषि क्षेत्रमा धेरै समस्या रहेको छ त्यो विषयमा संसदमा आवाज उठाउँछौँ ।’

उनले नेपालका देखिएको स्वास्थ्य उपचारका लागि राज्यले सहजीकरण गराउने विषयमा संसदमा आवाज उठाउने बताए । उनले पछिल्लो समय देशभित्र देखिएका स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रका समस्या नीतिगत रुपमा समाधानको लागि आवाज उठाउने बताए । 

salt training

कमेन्ट गर्नुहोस्