×

NMB BANK
NIC ASIA

धुम्बाराही घटना

इन्गेजमेन्ट तोडिएपछिको आत्मदाह प्रकरण– ‘बेस्टफ्रेन्ड’को बयानबाट खुल्यो नयाँ–नयाँ तथ्य

पुस ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

केटाले एकतर्फी रूपमा इन्गेजमेन्ट तोडेपछि उसकै घरअगाडि पुगेर ‘आत्मदाह’ गरेको प्रकरणमा केटा पक्षको शुरूदेखिकै गतिविधि रहस्यमय देखिएको आशयको बयान मृतक पुष्पा न्यौपानेसँग अत्यन्त निकट रहेकी एक साथीले प्रहरीलाई दिएकी छन् ।

Muktinath Bank

प्रहरी स्रोतका अनुसार पुष्पाको सबैभन्दा नजिककी साथीले पुष्पालाई समेत यस विषयमा आशंका थियो भन्ने कुरा अनुसन्धानका क्रममा खुलाएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केटाले इन्गेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा राख्न नदिएको, इन्गेजमेन्टमा केटा पक्षबाट एकाघरका ४ जना मात्र सहभागी भएको विषयमा पुष्पाले आफूसँग आश्चर्य व्यक्त गर्ने गरेको कुरा उनले बयानमा बताएको प्रहरी स्रोतले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

इन्गेजमेन्टमा आफ्नोतर्फबाट आफन्त तथा अन्य शुभचिन्तकहरू समेत सहभागी भए पनि केटा पक्षबाट ४ जना (बाबुआमा र छोराहरू) मात्र सहभागी भएको किन होला ? इन्गेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा राख्न नदिएको किन होला ? भनेर पुष्पाले आफूसँग आश्चर्यमिश्रित प्रश्न गर्ने गरेको भन्ने कुरा ती युवतीको बयानमा उल्लेख रहेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।

Vianet communication
Laxmi Bank

मृतक पुष्पाको परिवारिक स्रोतले पनि इन्गेजमेन्टको तस्वीर केटा पक्षले सामाजिक सञ्जालमा राख्न नदिएको कुरा पुष्टि गर्‍यो ।

‘औपचारिक समारोह नै गरेर विवाह गर्ने वाचाबन्धन गर्दा पनि सामाजिक सञ्जालमा तस्वीर राख्न दिनुभएको थिएन,’ पीडित पक्षका एक सदस्यले लोकान्तरसँग भने, ‘त्यतिबेला हामीले यसलाई सामान्य रूपमा लियौं, तर अहिले सारा घटनाक्रम हेर्दा शुरूदेखि नै केटा पक्षको बदनियत थियो कि भन्ने आशंका जन्मिएको छ । नत्र यहाँ लुकाउनुपर्ने कुरा के थियो र ?’

घटनाको अघिल्लो दिन राति पुष्पासँग छोटो कुराकानी भएको पनि बयानमा ती युवतीले खुलाएकी छन् । ‘अघिल्लो दिन राति कुराकानी हुँदा पुष्पाले आज सुपारी फिर्ता दिन आए । ठीकै छ । आनन्दै भयो । अब ‘मूभ अन’ हुन्छु । क्यानडा जान्छु, भनेको कुरा पनि ती युवतीले बयानमा खुलाएकी छन्,’ प्रहरी स्रोतले लाेकान्तरसँग भन्यो ।

बयानबारे स्रोतले अगाडि भन्यो, ‘शुरूमा तिमी त मेरो हुनेवाला बुढी हो भनेर परिवारमा घुलमिल गराएको अनि परिवारका सदस्यहरूले पनि छोरी भनेर शुरूमा अलि बढी नै माया देखाएको र केही समयपछि नै व्यवहार परिवर्तन गरेर ‘इग्नोर’ गर्न थालेपछि पुष्पालाई तनाव भएको कुरा पनि उनको साथीको बयानबाट पुष्टि हुन्छ ।’

केटाले हरेक कुरामा खोट लगाइराख्ने, पोइन्टआउट गरिराख्ने, घमण्ड देखाइराख्ने भएकाले पनि पुष्पालाई तनाव भएको कुरा बयानमा उल्लेख रहेको प्रहरी स्रोतले बतायो ।

‘एकपटक त उस (केटा)को आमाले नै पुष्पा तिमीले मेरो अर्को छोरासँग लभ गरेको भए हुन्थ्यो, यो अलि नबुझ्ने छ भन्नुभएको कुरा पनि पुष्पाले भनेकी रहिछन्,’ बयानबारे उल्लेख गर्दै ती प्रहरी अधिकृतले लोकान्तरसँग भने ।

अझै गम्भीर कुरा त तिमी मेरो हुनेवाला बुढी त हो नि भनेर ‘फिजिकल रिलेसन’का लागि अप्रोच पनि गरेको र पछि एक्कासि धोका दिँदा पुष्पा विक्षिप्त हुन पुगेको बयानबाट देखिने उनले बताए । अहिले यही कुरालाई लिएर पुष्पालाई मानसिक रूपमै कमजोर देखाउने र केटालाई उन्मुक्ति दिने खेल भएको हुन सक्ने आशंका पीडित पक्षको छ ।

‘केटाले तनाव दिइरहेपछि पुष्पाले बारम्बार फोन गर्ने, बोल्न खोज्ने रहेछ । आफ्नो हुनेवाला श्रीमानले नै इग्नोर गर्दा उसलाई तनाव हुनु स्वाभाविकै पनि हो,’ पीडित पक्षका एक सदस्यले लोकान्तरसँग भने, ‘यही कुरालाई आधार बनाएर पुष्पालाई न्याय नदिने र यसलाई फगत आत्महत्याको रूपमा मात्र सावित गर्ने प्रयास भइरहेको आशंका हामीलाई छ ।’

प्रहरीको अनुसन्धान र न्यायालयप्रति अझै भरोसा रहेको भन्दै उनले न्याय पाउने विश्वास मरिनसकेको बताए ।

बानेश्वर (नुवाकोट स्थायी घर) की २७ वर्षीया पुष्पा न्यौपानेले गएको मंसिर १८ गते साँझ धुम्बाराहीस्थित सुधन संग्रौलाको घरको गेटैमा पुगी पेट्रोल खन्याएर आत्मदाह गरेकी थिइन् ।

झापा पुर्ख्यौली घर भएका सुधन र पुष्पाबीच विवाह गर्ने भनेर टीकाटालो समेत भएको थियो । १७ गते सुधनको परिवारले सुपारी फिर्ता गरी एकतर्फी रूपमा इन्गेजमेन्ट तोडेका थिए ।

त्यसको भोलिपल्टै पुष्पाले आत्मदाह गरेकी थिइन् । पुष्पासँग इन्गेजमेन्ट तोडेका सुधनलाई प्रहरीले नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहनमा अनुसन्धान गरिरहेको छ ।

सुधनको परिवारका अन्य सदस्य भने छुटिसकेका छन् । घटना भएको दिन सुधनको परिवारका सदस्य घरमै भए पनि पुष्पालाई बचाउन कुनै भूमिका खेलेका थिएनन् ।

उल्टै पुष्पाजस्तै देखिने केटीले पेट्रोल खन्याएर आगो लगाउँदैछ भनेर पुष्पाका बुवा र काकालाई फोन गरी रमिता हेरेर बसेका थिए ।

पढ्नुहोस्, यो पनि :

मोबाइलदेखि ‘पासवर्ड’सम्म आदानप्रदान

इन्गेजमेन्ट भएपछि पुष्पाको मोबाइल समेत सुधनले चलाउने गरेको पाइएको छ ।

‘अनावश्यक आशंका गर्दा आफूप्रति विश्वास होस् भनेर पुष्पाले कतिपय समयमा मोबाइल नै सुधनलाई दिने गरेको पाइएको छ,’ स्रोतले भन्यो, ‘फेसबूकदेखि सामाजिक सञ्जालको पासवर्डहरू समेत आदानप्रदान भएको देखिन्छ ।’

पुष्पाले चलाउने गरेको मोबाइल समेत प्रहरीले घटनास्थलबाट बरामद गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x