
नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका नेताले संसद् भवन परिसरमा अंकमाल गरेका छन् । नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा एसका पोलिटब्युरो सदस्य मेटमणी चौधरीले संसद् भवन परिसरमै अंकमाल गरेका हुन् ।
नेकपा एस नेकपा एमालेबाट विभाजित भई बनेको पार्टी हो । दुई वर्षअघि एमाले विभाजन भई नेकपा एस गठन भएको थियो । तत्कालीन एमालेमा रहँदा भट्टराई र चौधरी एउटै खेमामा थिए । पार्टी विभाजनका बेला भट्टराईलगायतका १० भाइ एमालेमै रहेका थिए ।

एमालेमा रहँदा एउटै खेमामा रहेका दुई सहकर्मीले अंकमाल गरिरहँदा हर्षविभोर देखिएका थिए ।
चौधरी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए भने भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । 
