०९ साउन २०८३, शनिबार

नेपाल बंगलादेशसँग पराजित

नेपाल बंगलादेशसँग पराजित

बंगलादेशमा आजदेखि शुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ । 

बंगलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको हो । बंगलादेशसँग नेपाल पहिलो सेटमा २६–२४ ले पराजित भयो भने दोस्रो सेटमा २५–२२ ले पराजित भयो । 

त्यसैगरी नेपालले तेस्रो तथा अन्तिम सेट २५–२१ ले गुमायो । च्याम्पियनशिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । नेपालले अब आफ्नो दोस्रो खेल भोलि श्रीलंकासँग खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्