२४ जेठ २०८३, आइतबार

जिएमई रेमिटको ब्राण्ड एम्बेसडरमा बले नियुक्त

जिएमई रेमिटको ब्राण्ड एम्बेसडरमा बले नियुक्त

जिएमई रेमिटको ब्राण्ड एम्बेसडरमा कलाकार सागर लम्साल (बले) नियुक्त भएका छन् । जिएमई  रेमिटको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा जिएमईको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल तथा कलाकार लम्सालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै जिएमईका प्रबन्ध निर्देशक दिवाकर पौडेलले सागर लम्साललाई ब्राण्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुसी महसुस गरेको ब्यक्त गरे । कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरूका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरूको भूमिका सहयोगी हुने विश्वास लिएको जिएमईका प्रमुख व्यवसाय अधिकृत बद्री कटवालले उल्लेख गरे । 

कलाकार सागर लम्साल बले पात्रबाट चर्चित छन् । उनी अहिलेको चर्चित हास्य टेलिशृखंला सक्किगोनीमा प्रमुख पात्रको रुपमा अभिनय गर्छन् । करिब १० वर्षदेखि उनी कलाकारिता क्षेत्रमा सक्रिय छन् । टेलिसिरियलबाहेक म्युजिक भिडियोमा पनि उनी उत्तिकै रुचाइएका कलाकार हुन् । 

जिएमई रेमिटले विगत १० वर्षदेखि रेमिट्यान्स सेवा दिँदै आएको छ । देशभर रेमिटले करिब २० हजार एजेन्टमार्फत रकम भुक्तानीको सेवा प्रदान गर्दै आएको छ साथै तत्काल भुक्तानी लिन मिल्ने गरी जुनसुकै बैंक तथा वित्तीय संस्थामा पनि रकम जम्मा गर्ने सुविधा प्रदान गर्दै आएको छ । 

हाल जिएमई रेमिटले विश्वका विभिन्न मुलुकहरूबाट रेमिट्यान्स कारोबार गर्दै आइरहेको छ र जिएमई रेमिट प्रालिले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हासिल गर्न सफल भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्