२५ जेठ २०८३, सोमबार

सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन

सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन

काठमाडौं उपत्यका ट्राफिक कार्यालयले ७१ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ । कार्यक्रममा प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीसहितले बालबालिकालाई ट्राफिक सचेतना कार्यक्रमबारे जानकारी गराएका थिए । 

काठमाडौं महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको थियो । 

काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकालाई ट्राफिक नियमसम्बन्धी सचेतना दिने उद्देश्यले कक्षा सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।  

विद्यालयको एसेम्बली समयमा दिइएको ट्राफिक सचेतनामा १४ हजार ५ सय ९० जना विद्यार्थीहरू  लाभान्वित भएका छन् । सचेतना कक्षामा पैदलयात्रा गर्दा अपनाउनुपर्ने सावधानी, बाटो काट्दा ध्यान दिनुपर्ने कुराहरू एवम् सडक सुरक्षासम्बन्धी आधारभुत कुराहरू समावेश गरिएको थियो । 

कुल ८९ ओटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा संचालन गर्ने उद्देश्यले गत मंसिर १५ गतेदेखि शुरु गरिएको अभियानमा ७१ विद्यालयमा कक्षा सञ्चालन गरिएको र बाँकी विद्यालयमा पनि चाँडै कक्षा सञ्चालन गर्ने योजना रहेको भट्टले बताए । 

विद्यार्थीहरुले सिकेका सडक सुरक्षासम्बन्धि ज्ञान उनीहरुका साथिभाइ र अभिभावकसम्म फैलिने तथा विद्यार्थीहरु भावी सवारीचालक समेत भएकाले बालबालिकामै सिकेका ज्ञानले दुर्घटना न्यूनीकरणका लागि महत्वपुर्ण भुमिका खेल्ने समेत प्रवक्ता भट्टले विश्वास व्यक्त गरे ।  

salt training

कमेन्ट गर्नुहोस्