शाहरुख खानको बहुप्रतीक्षित फिल्म 'पठान'को दोस्रो गीत सार्वजनिक हुनेबित्तिकै विवादमा फसेको छ ।
बिहीवार 'झुमे जो पठान' बोलको गीत सार्वजनिक भएको थियो । सार्वजनिक भएलगत्तै यो गीत भाइरल हुन पुग्यो ।
तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो गीतको धुन एउटा पुरानो हिन्दी गीतसँग हुबहु मिलेको खुलासा गरिदिए ।
संगीतकार विशाल–शेखरले पठानको पहिलो गीत 'बेशरम रंग' फ्रान्सेली गायिका जैनको गीत 'माकेबा'बाट चोरेका थिए भने झुमे जो पठान चाहिँ 'अर्जुन : द वारियर प्रिन्स'को 'कर्म की तलवार' गीतबाट चोरेका रहेछन् ।
कर्म की तलवार गीत सुखविन्दर सिंहले गाएका हुन् भने चोरिएको गीत झुमे जो पठानमा अरिजित सिंहको आवाज छ ।