२५ जेठ २०८३, सोमबार

चार्ल्स शोभराजलाई अध्यागमन पुर्‍याइयो, चाँडै फ्रान्स पठाइने

चार्ल्स शोभराजलाई अध्यागमन पुर्‍याइयो, चाँडै फ्रान्स पठाइने

‘सिरियल किलर’ चार्ल्स शोभराजलाई अध्यागमन विभाग पुर्‍याइएको छ ।

केन्द्रीय कारागार प्रशासनले उनलाई अध्यागनको जिम्मा लगाउन कालिकास्थानस्थित अध्यागमन विभागको कार्यालय पुर्‍याएको हो ।

सर्वाेच्च अदालतले शोभराजलाई जेलमुक्त गर्न आदेश दिएपछि कारागार प्रशासनले अध्यागमनमार्फत फ्रान्स फिर्ता पठाउने तयारी गरेको छ ।

अध्यागमनले उनको पासपोर्ट लगायतका कागजात जाँच गरेर फान्स पठाउने तयारी गरेको छ तर शोभराजले भने आफ्ना केही आफन्त काठमाडौंको हायात होटलमा रहेको र आफूलाई केही दिन त्यहाँ रहने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

अध्यागमनले त्यसबारे निर्णय गरिसकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्