०७ असार २०८३, आइतबार

कञ्चनपुरमा सवारी दुर्घटना बढ्दो

कञ्चनपुरमा सवारी दुर्घटना बढ्दो

कञ्चनपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेका छन् ।

चालक, पदैलयात्री लगायतले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दले बताए ।

‘सडकमा हिँड्दा चालक, पैदलयात्रीले ट्राफिक नियमको पालना गर्न लापरवाही गर्छन्, सवारीसाधन र यात्रुको सडकमा चाप बढ्यो, सडक साँघुरा छन्,’ उनले भने, ‘मापसे गरेर गाडी चलाउने गर्दा सडकमा हुने दुर्घटनाका घटना बढ्दै छन् ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार २ वर्षमा कञ्चनपुरमा १९० वटा सवारी दुर्घटनाका घटना भएका छन्, जसमा ६८ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा ९३ र आव २०७८/७९ मा ९७ सवारी दुर्घटना भएका थिए । चालू आवको हालसम्म ३३ वटा सवारी दुर्घटना भएका छन् ।

सवारी दुर्घटनामा परेर आव २०७७/७८ मा ३५ र आव २०७८/७९ मा ३३ जनाको मृत्यु भएको थियो । चालू आवमा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । आव २०७७/७८ यता २२२ मोटरसाइकल दुर्घटनामा परेका छन् ।

कमेन्ट गर्नुहोस्