२८ जेठ २०८३, बिहीबार

असोजको वर्षाबाट पीडित ११३ घरधुरीलाई रेडक्रसको राहत

असोजको वर्षाबाट पीडित ११३ घरधुरीलाई रेडक्रसको राहत

वर्षाका कारण क्षतिग्रस्त हुम्लाका एक सय १३ घरधुरीलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ । गत असोज तेस्रो साता आएको अविरल वर्षाका कारण क्षति पुगेका एक सय १३ घरधुरीलाई राहत प्रदान गरिएको हो । 

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका वरिष्ठ लेखा अधिकृत माया नान्यको टोलीले जिल्ला प्रशासन कार्यालय हुम्लाको रोहबरमा राहत वितरण गरेको हो । वर्षाका कारण सिमकोट गाउँपालिकाका ५६, अदानचुली गाउँपालिकाका २५, खार्पुनाथ गाउँपालिकाका २८ र चङ्खेली गाउँपालिकामा ४ घरधुरीमा क्षति पुगेको थियो । 

क्षतिग्रस्त घरधुरीलाई रु १० हजारका दरले राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाका सभापति गणेशबहादुर महतले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्