
काठमाडौं, ३१ साउन — पूर्वी रुसमा एक रिसाइकल सेन्टरमा भएको धमाकामा दुई मानिसको मृत्यु भएको छ भने एक अन्य घाइते भएका छन् । चोरिएको एक क्षेप्यास्त्र पड्किँदा दुर्घटना भएको थियो ।

युट्युबमा कारको ड्याशबोर्डस्थित क्यामरामा धमाका रेकर्ड भएको भिडियो अपलोड भएपछि रुसी मिडिया सतर्क भएको थियो ।
यो क्षेप्यास्त्र रिसाइकल सेन्टर कसरी पुग्यो भन्ने पत्ता लागेको छैन । स्थानीय समाचार वेबसाइट बाई२४ डट्ओआरजीका अनुसार सात टनको क्षेप्यास्त्र एक सैनिक छाउनीबाट चोरिएको थियो ।
मिसाइल चोरहरूको बारेमा केही थाहा हुन सकेको छैन । उनीहरूले क्षेप्यास्त्र बेचेर पैसा कमाउने उद्देश्य राखेका हुनसक्छन् ।
क्षेप्यास्त्रलाई खोल्न खोज्दा विस्फोट भएको थियो ।
यस घटनाका सम्बन्धमा सामाजिक सञ्जालमा खुबै बहस भइरहेको छ । क्षेप्यास्त्र कसरी रिसाइकल सेन्टर पुग्यो भनेर मानिसहरू प्रश्न उठाइरहेका छन् ।
बीबीसीबाट