०३ साउन २०८३, आइतबार

कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा जीवनबहादुर शाही निर्विरोध

कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा जीवनबहादुर शाही निर्विरोध

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा जीवनबहादुर शाही निर्विरोध चयन भएका छन् ।

प्रदेशसभा सदस्य राजीवविक्रम शाहको प्रस्ताव र जानकी सिंहको सर्मथनमा मुख्यमन्त्री समेत रहेका शाही शुक्रवार निर्विरोध नेता चयन भएका हुन् ।

उनी मंसिर ४ गते सम्पन्न निर्वाचनमा हुम्ला प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित भएका थिए ।  

शाही कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य हुन् । दलको नेता चयनसँगै शाहीलाई मुख्यमन्त्रीमा दाबी गर्न बाटो खुलेको छ । निर्वाचन समितिले चुनावी प्रक्रिया शुरू गरेसँगै उनको एकल उम्मेदवारी परेको थियो । यसअघि सामाजिक सञ्जालमार्फत दलको नेतामा उम्मेदवारी घोषणा गरेका शाह नै शाहीको प्रस्तावक बसेका थिए ।

निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायले दलको विधान २०७४ को धारा ५ बमोजिम एकल उम्मेदवारी परेपछि शाही निर्विरोध निर्वाचित भएको जानकारी दिए ।

दलको नेतामा सर्वसम्मत भएलगत्तै शाहीले सबैलाई मिलाएर लैजाने र सरकार गठनका सम्बन्धमा गठबन्धन दलसँग छलफल शुरू गर्ने प्रतिक्रिया दिए । 

salt training

कमेन्ट गर्नुहोस्