१० साउन २०८३, आइतबार

भारतीय सेनाको ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु

पुस ९, २०७९
भारतीय सेनाको ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु

भारतको सिक्किममा शुक्रबार सेनाको ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । भारतीय सेना सवार उक्त ट्रक जेमा भन्ने स्थानबाट सडकबाट भीरमा खसेको जनाइएको छ ।

दुर्घटनामा चार सैनिक घाइते भएका छन् । भारतीय सेनाका अनुसार घुम्तीमा सडकबाट चिप्लिएर उक्त ट्रक खसेको हो ।

चटनबाट थंगुतर्फ जाँदै गर्दा सो दुर्घटना भएको बताइएको छ । सेनाको रेस्क्यु टिमले घाइते चार जवानलाई उद्धार गरेको र शव निकाल्ने काम भइरहेको जनाइएको छ ।

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । म
 

salt training

कमेन्ट गर्नुहोस्