पछिल्लो समय अजय देवगन अभिनित भारतीय चलचित्र दृश्यम २ आफ्नो पाँचौ हप्तामा पनि कलेक्सन गरिरहेको छ । पछिल्लो अंग्रेजी फिल्म अवतार द वे अफ वाटर रिलिज हुँदा पनि सो चलचित्रको कमाई रुकेको छैन ।
अंग्रेजी फिल्म अवतार द वे अफ वाटर रिलिज भएपछि दृश्यम २ का लागि स्क्रीन कम उपलब्ध भएपनि सो चलिचत्रलाई दर्शकले मन पराएकाले आम्दानी नघटेको हो । सन् २०२२ को व्लकबस्टर भएको सो चलचित्रले अहिलेसम्म भारतमा २२२ करोड रुपियाँ कलेक्सन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यस्तै विश्वभरिबाट यो फिल्मले तीन सय करोड बढी रुपियाँ कलेक्सन गरिसकेको छ ।
तब्बु, अक्षय खन्नासहितको सशख्क्त अभिनय रहेको दृश्यम २ यो वर्षको सफल फिल्म सावित भएको छ । फिल्मलाई चलचित्र विश्लेषक तथा दर्शकले मन पराएपछि यसको निरन्तरता कायम रहेको हो । पाँचौ हप्तासम्म पनि यो फिल्मले कलेक्सन लाखौंमा कायम राखेको छ ।