०२ असार २०८३, मंगलबार

टाटाको मेगा सर्भिस क्याम्प पुस १० देखि १२ सम्म

टाटाको मेगा सर्भिस क्याम्प पुस १० देखि १२ सम्म

टाटा मोटरको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यही  पुस १० देखि १२ सम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ ।  यी केन्द्रहरूमध्ये ३ वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन् । त्यसैगरी,  बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरू पोखरा, इटहरी, मेची, वीरगन्ज, ढल्केबर, हेटौँडा, धनगढी र नेपालगन्जमा रहेका छन्  ।

यस क्याम्पमा  टाटाका ‘पेसेन्जर’ श्रेणीका गाडीहरूको अत्यन्त प्रभावकारी ढंगले आवश्यक  जाँच गरिने छ । यस्तो जाँच गराउँदा गाडीधनीहरूले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरू प्राप्त गर्ने सक्नेछन् । म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः  १८, १५ र १८ प्रतिशत छुटलगायत टप वाशिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि निः शुल्क प्रदान गरिनेछ । यसको अतिरिक्त यस क्याम्पमा सन्जीवनी इन्जिन प्याकेजअन्तर्गतको रु .४ हजार नगद फिर्ताको पनि व्यवस्था छ । 

हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरू बजार द्रुत गतिमा विस्तार भइरहेको छ ।  यसै सन्दर्भमा यस्ता गाडीहरूको ग्राहकहरूलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गर्न लागिएको कम्पनीले बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्