२१ जेठ २०८३, बिहीबार

कांग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्छ भन्ने छैन : पौडेल

कांग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्छ भन्ने छैन : पौडेल

नेपाली कांग्रेसका सांसदहरुले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका सांसदहरूले जनतासँग मत माग्न जाँदा देशको नेतृत्व नेपाली कांग्रेसले नै गर्छ भनेर मत मागेको भन्दै जनतासँगको बाचा पूरा गर्नका लागि आगामी नेतृत्व नेपाली कांग्रेसले नै गर्नुपर्नेमा जोड दिएको बताए ।

उनीहरूले नेपाली कांग्रेस वर्तमान अवस्थामा देशकै ठूरो राजनीतिक दल भएकाले गठबन्धनभित्र पनि कांग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न जोड दिएको बताए । प्रधानमन्त्रीसँग भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद रमा पौडेलले अबको सरकार नेपाली कांग्रेसकै बन्नेमा विश्वस्त हुन आग्रह गरिन् । उनले गठबन्धन देशको सुशासन, समृद्धि, स्थायित्वको लागि भएकाले गठबन्धनमा आबद्ध दलहरूले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बताइन् । उनले गठबन्धनले भोलिको लागि भागबण्डा भन्दा पनि तत्कालको नेतृत्व गर्नुपर्ने बताइन् । 

‘अबको गठबन्धन १० वर्षसम्म जान्छ । यो गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वको लागि हो । हामी महिला सांसदहरूले आज प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर हामीले प्रजातान्त्रिक पार्टीले देशको नेतृत्व गरेर स्थायित्व सुशासन दिन्छ भनेर हामीले मत मागेका थियौँ, सबै गठबन्धनका नेताहरुले त्यसलाई पालना गर्नुहोस् भन्ने आग्रह हो । भोलिको भागबण्डा भन्दा पनि तत्कालको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ भनेर सभापतिलाई भनेका छौँ’, सांसद पौडेलले भनिन्, ‘उहाँहरुले भोलिसम्मको समयमा मलाई नेतृत्वका लागि दिनुहुन्छ भन्नेमा म विश्वस्त छु । जनतामा मत माग्न भनेको कुरा प्रधानमन्त्री पद नेपाली कांग्रेसले पाउनुपर्छ भनेर अरुमा गठबन्धनबीच लिएर जाउँ भन्ने सुझाव हो । कांग्रेसले प्रधानमन्त्री लिएर राष्ट्रपति छोड्नुपर्छ भन्ने छैन । मुख्यमन्त्री, सभामुखलगायतका पदहरु पनि छन् ।’

सांसद पौडेलले कांग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्ने भन्ने नरहेको भन्दै यी बाहेकका अन्य उपराष्ट्रपति सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्रीहरूको पदहरूमा गठबन्धनमा आबद्ध दलहरूसँग भागबण्डा हुने बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्