१० साउन २०८३, आइतबार

थारू विद्यार्थीहरूलाई मेटमणीको सुझाव : ‘सीमान्तकृत समुदाय हौँ भनेर दंग नपरौँ’

थारू विद्यार्थीहरूलाई मेटमणीको सुझाव : ‘सीमान्तकृत समुदाय हौँ भनेर दंग नपरौँ’

शहरी विकासमन्त्री मेटमणि चौधरीले थारू समुदायलाई सीमान्तकृत हौँ भनेर दंग नपर्न सुझाएका छन् । पुल्चोक क्याम्पसमा शनिवार आयोजित थारू विद्यार्थी सभाको वार्षिक सभामा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री चौधरीले यस्तो धारणा राखेका हुन् ।

थारू समुदायले दुःख, गरिबीका कुरा मात्र गर्ने गरेको बताउँदै मन्त्री चौधरीले भने, ‘अब हामीले दुःखका, गरिबीका गीत मात्रै गाउने होइन । सीमान्तकृत समुदाय हौँ भनेर दंग पर्ने होइन । हिम्मतका, मिहिनेतका कुरा गर्नुपर्छ । सफलताका कथा सुन्नुपर्छ । दंगिशरण चौधरी राजा भएको इतिहास छ । थारूहरू प्रधानपञ्च, हेड मास्टर भएको इतिहास छ । पञ्चायतकालमा परशुनारायण राजदरबारका स्थायी सदस्य भएका थिए ।’

उतिबेला थारूहरूले समाजको अगुवाई गरेको प्रसंग स्मरण गर्दै मन्त्री चौधरीले थपे, ‘त्यो बेला पनि समाज मिश्रित थियो । आज पनि मिश्रित नै छ । त्यतिबेला नेतृत्व गरेको थारू समाज आज किन पछाडि पर्याे भनेर हामीले सोच्नुपर्छ । फेरि पनि हामीले समाजको अगुवाई गर्ने हिम्मत गर्नुपर्छ ।’

इन्जिनियरिङ पढ्नु आफैमा राम्रो भएको बताउँदै शहरी मन्त्री चौधरीले राजनीतिमा पनि अगुवाई गर्न थारू विद्यार्थीहरूलाई आग्रह गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्