०८ असार २०८३, सोमबार

बीएफ ७ नेपालमा भित्रिएको छैन, तर विशेष सावधानी अपनाउन आग्रह

बीएफ ७ नेपालमा भित्रिएको छैन, तर विशेष सावधानी अपनाउन आग्रह

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको उच्च जोखिम नेपालमा पनि रहे पनि नयाँ भेरियन्ट बीएफ ७ अहिलेसम्म नेपालमा नआएको जनाएको छ । छिमेकी मुलुक चीन र भारतमा सो भेरियन्ट फैलिइसककाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

छिमेकी राष्ट्रहरूमा उक्त भेरियन्टको सङ्क्रमण दर दिनानुदिन वृद्धि हुँदैगएकाले मन्त्रालयले सो सावधानी अपनाउन आग्रह गरेको हो । प्रारम्भिक प्रतिवेदनअनुसार यस भेरियन्टले छोटो समयमा धेरै व्यक्तिलाई सङ्क्रमण गर्ने देखिएको मन्त्रालयले जनाएको छ । 

इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्ष २०२३ नजिकिँदै गरेकाले विशेष सावधान अपनाउन मन्त्रालयको आग्रह छ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्न आग्रह पनि गरेको छ । 

भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने वा स्यानिटाइजर नियमित प्रयोग गर्नेलगायत जनस्वास्थ्यका मापदण्ड नियमित पालना गर्न र गराउन मन्त्रालयको आग्रह छ । कोभिड–१९ को अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन बाँकी रहेकाहरूले स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन मन्त्रालयले अपिल पनि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार नयाँ भेरियन्ट बीएफ ७ नेपालमा भित्रिन नदिन सीमा नाकामा विशष निगरानी अपनाइएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्