
रोल्पाका ९ स्थानीय तहले जग्गाको वर्गीकरण गरेका छन् । जग्गा वर्गीकरणका लागि संघीय सरकारले तोकेको समय सीमाभित्र सुनछहरी गाउँपालिकाबाहेक बाँकी सबै स्थानीय तहले जग्गा वर्गीकरण गरेका हुन् ।
'हाल स्थानीय तहहरूले जग्गालाई कृषि र गैरकृषि गरी दुई क्षेत्रमा वर्गीकरण गरेका छन्,' नापी कार्यालय रोल्पाका नापी अधिकृत पुरण चौधरीले भने, 'गैरकृषि क्षेत्रको जग्गा भने केही समयपछि वर्गीकरण हुन्छ ।' तोकिएको समयभित्र जग्गाको वर्गीकरण नगर्ने स्थानीय तहले भने अब एकैपटक १० प्रकारको वर्गीकरण गरेर जानकारी दिनु पर्ने नापी अधिकृत चौधरीको भनाइ छ ।