०५ साउन २०८३, मंगलबार

चीनमा कोभिड महामारीका कारण मृत्युसंख्या बढेपछि शवदाह गृहहरूलाई भ्याइनभ्याइ

पुस १०, २०७९
चीनमा कोभिड महामारीका कारण मृत्युसंख्या बढेपछि शवदाह गृहहरूलाई भ्याइनभ्याइ
AP

चीनमा कोरोना संक्रमणका कारण ठूलो संख्यामा मानिसहरूको मृत्यु हुन थालेपछि शवदाह गृहहरूलाई लाश जलाउन भ्याइनभ्याइ हुन थालेको बेलायती पत्रिका द डेली मेलले खबर दिएको छ । 

चीन सरकारले शून्य कोभिड नीति त्यागेर लकडाउन खुकुलो बनाएपछि संक्रमण र मृत्युसंख्या बढिरहेको हो । तर अधिकारीहरू लकडाउन खोलेपछि जम्मा सातजनाको मृत्यु भएको बताउँछन् । 

अहिले चीनका विभिन्न शहर र गाउँका अस्पतालको आकस्मिक कक्षहरू भरिभराउ भएर रोगी राख्ने ठाउँ समेत सकिएको बताइएको छ । 

सरकारले जम्मा सातजनाको मृत्यु भएको भने पनि चिनियाँहरूले पत्याएका छैनन् । शवदाह गृहका एक सञ्चालकले पत्रकारहरूलाई अत्यन्तै धेरै लाशहरू आइरहेको बताए । दिनरात काम गर्दा पनि सबै लाश जलाउन नसकिएको उनको भनाइ छ । 

मंगलवार एक चिनियाँ स्वास्थ्य अधिकारीले बताएअनुसार, सरकारले कोभिडबाट भएको मृत्युमा निमोनिया वा श्वासप्रश्वास बन्द भएको स्थितिलाई मात्र गणना गर्ने गरेको छ । 

विज्ञहरूले चीनमा सन् २०२३ मा १० लाखदेखि २० लाख मृत्यु हुने आकलन गरेका छन् । विश्व स्वास्थ्य संगठनले वास्तविक मृत्युसंख्यालाई घटाएर प्रस्तुत नगर्न चीनलाई चेतावनी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्