२५ जेठ २०८३, सोमबार

भारत : सान्टाको वस्त्र लगाएर बच्चाहरूलाई चकलेट बाँड्ने व्यक्तिमाथि कुटपिट

पुस १०, २०७९
भारत : सान्टाको वस्त्र लगाएर बच्चाहरूलाई चकलेट बाँड्ने व्यक्तिमाथि कुटपिट
Reuters

भारतको गुजरात राज्यमा रहेको वडोदरामा सान्टा क्लसको भेषभूषा धरेका एक युवकमाथि कुटपिट भएको छ । 

केही युवकहरूले उनलाई कुटपिट गर्दा उनी गम्भीर रूपमा घाइते भएका छन् । 

मकरपुराको अवधूत सोसाइटीमा क्रिसमसअघि सान्टा क्लसको भेषभूषा बनाएर एक पुरुष र एक महिला पुगेका थिए । 

आफूहरूको क्षेत्रमा किन आएको भन्दै उनीमाथि आक्रमण गरिएको थियो । 

पिटाइ खाने व्यक्तिको हातमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि एक निजी अस्पतालमा भर्ना गरिएको छ । 

अज्ञात आक्रमणकारीहरूका विरुद्ध उजुरी दर्ता गरिएको छ । 

सान्टा क्लसको वस्त्र लगाउने व्यक्तिको नाम शशिकान्त डाभी हो । उनी एक ईसाई परिवारको घरमा क्रिसमसको शुभकामना दिन पुगेका थिए । 

ईसाई परिवारले खुशियाली मनाउँदै गर्दा केही मानिस पसेर शशीकान्तमाथि कुटपिट गरेको बताइएको छ । 

हिन्दू इलाकामा यसरी क्रिस्चियन पर्व मनाउन नहुने भनी उनीहरूले कुटपिट गरेको पीडितहरूले बताए । आक्रमणकारीहरूले केही मानिसको कपडा पनि च्यातिदिएका थिए । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्