२५ जेठ २०८३, सोमबार

सपथलगायत विषयमा सहमति खोज्न मधेशमा सोमवार सर्वदलीय बैठक

सपथलगायत विषयमा सहमति खोज्न मधेशमा सोमवार सर्वदलीय बैठक

मधेश प्रदेशसभा सचिवालयको आह्वानमा सोमवार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्ने भएको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणलगायतका काममा सर्वदलीय सहमतिका लागि सोमवार दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

मधेश प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० दलको सहभागितामा सर्वदलीय बैठक बस्न लागेको जानकारी दिए । ‘दलहरूसँगको समन्वयमा बैठक बस्दैछ’, सचिव यादवले भने, ‘त्यसपछि हामी शपथग्रहण र प्रदेशसभा बैठकको तयारीमा जुट्छौँ ।’ 

नेपालको संविधानको धारा १७९ अनुसार प्रदेसभाका सदस्यले प्रदेशसभा बैठकमा पहिलो पटक भाग लिनुअघि कानूनबमोजिम शपथ लिनुपर्नेछ । त्यसैगरी संविधानको धारा १८३(१) बमोजिम प्रदेश प्रमुखले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिनभित्र अर्थात् यही पुस २१ गतेभित्र प्रदेशसभाको अधिवेशन आहवान गरिसक्नुपर्ने छ ।

निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरेकाले पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नु पर्ने र त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्ने हुँदा त्यहीअनुसार सचिवालय तयारी अवस्थामा रहेको सचिव यादवले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्