
नेकपा एकीकृत समाजवादीका नेताहरू पनि बालुवाटारबाट बाहिरिएका छन् । नयाँ सरकार गठनका विषयमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि बाहिरिएका हुन् । उनीहरूभन्दा पहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका थिए ।
सत्ता गठबन्धनबीचमा सरकार गठनका विषयमा सहमति जुट्न सकेको छैन । प्रधामन्त्री र राष्ट्रपति दुवै पदमा कांग्रेसले दाबी नछाडेका कारणले सहमति हुन नसकेको बताइएको छ ।