०२ साउन २०८३, शनिबार

बालुवाटार बैठकपछि ज्ञानेन्द्रबहादुर कार्कीले भने– सबै कुरा अन्तिम घडीमा हुन्छ

बालुवाटार बैठकपछि ज्ञानेन्द्रबहादुर कार्कीले भने– सबै कुरा अन्तिम घडीमा हुन्छ

नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन जोडाउने छलफलमा रहेको बताएका छन् । 

उनले आजै गठबन्धनको बैठक बस्ने र एउटा निष्कर्षमा पुगिने बताए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै कार्कीले भने, ‘५ बजेसम्मको समयसीमा बारे हामीलाई थाहा छ । सबै कुरा अन्तिम घडीमा हुन्छ ।’ 

कार्कीले गठबन्धन टिकिराख्ने दाबी गरे । ‘गठबन्धन मुलुकको आवश्यकता हो, जनताले अनुमोदन गरेका छन्’, उनले भने । भारतीय सञ्चारकर्मीले हिन्दी भाषामा सोधिएको एक प्रश्नमा मन्त्री कार्कीले पहिलो कार्यकालको प्रधानमन्त्री रहने प्रचण्डको आकांक्षा रहेको बताए ।

बालुवाटार बैठक छाडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि बाहिरिएका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्