
सत्ता गठबन्धन विघटनको डिलमा पुगेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा चहलपहल बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई बालकोट पुगेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बालकोट पुगेर छलफल गरी बाहिरिएका छन् । लिङ्देन बाहिरिएपछि प्रचण्ड पनि बालकोट पुगेका छन् ।
प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा कांग्रेसले दाबी नछाडेपछि माओवादीले गठबन्धन छाड्ने परिस्थिति बनेको हो ।
अब एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपाबीच गठबन्धन गरेर सरकार बनाउने सम्भावनाबारे छलफल शुरू भएको छ ।
प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४ र जसपाका १२ सांसद छन् ।
यो गठबन्धन बनेमा १५६ सांसद पुग्छन् । सरकार गठनका लागि १३८ सांसद चाहिन्छ ।