×

NMB BANK
NIC ASIA

सत्ताको खेल

देउवाको नियति : चुनावमा पार्टीलाई पहिलो बनाए, धेरै लिन्छु भन्दा सबैथोक गुमाए !

पुस १०, २०७९

NTC
Premier Steels

नेकपा एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने निश्चित भएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्ता र शक्तिबाट सम्पूर्ण रूपमा बाहिर रहने भएको छ । 

Muktinath Bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतवार पाँच दलबीच भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो । अन्य दुई दल पनि थपिएर यो संख्या ७ पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायत महत्त्वपूर्ण पदको भागबण्डा भने पछि गर्ने सहमति भएको छ ।


Advertisment
Nabil box
Kumari

‘एमालेले राष्ट्रपति र सभामुख लिने भद्र सहमति भएको छ, आज समय नभएकाले छलफल गर्न पाएनौं,’ बालकोट बैठकमा सहभागी एक नेताले लोकान्तरसँग भने । 

Vianet communication

दुई ठूला वामपन्थी र अन्य साना दल मिलेर सरकार बनाएपछि प्रतिनिधिसभाको पहिलो दल कांग्रेस भने सत्ताबाहिर रहने भएको छ ।

कांग्रेससँगै १० सीट रहेको नेकपा एस पनि बाहिर रहने भएको छ । प्रतिनिधिसभा र केही प्रदेशसभामा पहिलो दल बने पनि अब कांग्रेस सम्पूर्ण रूपमा सत्ताबाहिर रहने देखिएको हो । 

प्रतिपक्षमा रहँदा कांग्रेसले एउटा मात्र पद पाउँछ त्यो हो– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति । प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री दिन अस्वीकार गरेपछि कांग्रेस सत्ताच्युत हुने भएको हो । 

सर्वोच्च अदालतको परमादेशले केपी शर्मा ओलीलाई हटाइदिएपछि शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए ।

नेतृत्वको अक्षमताले सत्ता गुमाएको भन्दै कांग्रेसका नेताहरूले आक्रोश जनाउन थालेका छन् ।

‘बुझेकै हो, बुझ्नेले स्वाहाको बाटो रोजेपछि ...’ कांग्रेस नेता चन्द्र भण्डारीले सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x