०५ साउन २०८३, मंगलबार
नयाँ सरकार गठन

प्रचण्डलाई अमरेशको समेत समर्थन, कुल समर्थक सांसदको संख्या १६९ पुग्यो

प्रचण्डलाई अमरेशको समेत समर्थन, कुल समर्थक सांसदको संख्या १६९ पुग्यो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानको धारा ७६ (२) अन्तर्गतको प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।

शुरूमा १५४ सा‌ंसदको हस्ताक्षरको पत्र बोकेर पुगेका प्रचण्डलाई थप १५ सांसदको समर्थन जुटेको छ। अब प्रचण्डको समर्थनमा १६९ सांसद पुगेका छन् ।

अन्तिममा जसपा अध्यक्ष उपेन्द्र यादव तथा स्वतन्त्र सां‌सदहरू प्रभु साह, किरण साह र अमरेश सिंहले पनि प्रचण्डलाई समर्थन गर्दै हस्ताक्षर गरेका हुन् ।

जसपाका १२ सांसद छन् । यता अमरेश भने कांग्रेसबाट टिकट नपाएर बागी उम्मेदवारका रूपमा निर्वाचित भएका थिए ।

यसअघि एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमतका ६ र जनमुक्तिका ४ सांसदले प्रचण्डलाई समर्थन गरिसकेका थिए ।

हेर्नुहोस्, प्रचण्डले पेश गरेको दाबी :

salt training

कमेन्ट गर्नुहोस्