
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतले बधाई दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति प्रचडण्डलाई ट्वीटरमार्फत बधाई दिएका हुन् । सो क्रममा मोदीले प्रचण्डसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गर्दै भारत र नेपालबीच रहिआएको जनता–जनता बीचको सम्बन्धलाई पनि स्मरण गरेका छन् ।
‘भारत र नेपालबीचको सम्बन्ध सांस्कृतिक र जनता–जनताबीचको न्यानो सम्बन्धमा आधारित छ। यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु’, मोदीले भनेका छन् ।
प्रचण्ड आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई ७ दल र स्वतन्त्र गरी १६९ सांसदको समर्थन रहेको छ ।